नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ।
यसअघि खड्का पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत संखुवसभा जिल्ला सभापतिमा विजयी भएका थिए।
तर उनले संघीय सांसदमा निर्वाचित भएसँगै उक्त पद त्यागेका थिए।
99
Shares
प्रतिक्रिया