ad ad

राजनीति


रास्वपाको केन्द्रीय कमिटी बैठक आज, उपनिर्वाचनबारे छलफल हुने

रास्वपाको केन्द्रीय कमिटी बैठक आज, उपनिर्वाचनबारे छलफल हुने

नेपालखबर
फागुन २८, २०८० सोमबार ७:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।। सोमबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने रास्वपाले जनाएको छ।

बैठकमा आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनबारे छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए। 

आजको बैठकबाट रास्वपाले इलाम–२ को निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने अपेक्षा गरिएको छ।   

रास्वपाले इलाम–२ को निर्वाचनका लागि तयारी थालिसकेको छ। 

इलाम–२ मा रास्वपाले चुनावी कमाण्डर पनि खटाइसकेको छ। त्यहाँ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खटिएका छन्। 

यस्तै, रास्वपाले ६ जना सांसदलाई इलाम पठाएर जनभावना बुझ्ने काम गरेको थियो। सांसदहरूले बुझेर ल्याएको जनभावनाको ‘सर्भे’बारे पार्टी बैठकमा छलफल हुने ती नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .