एकाएक सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले आज पदाधिकारी बैठक राख्दै छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्।
कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुने बैठकमा संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षी भूमिकाबारे छलफल हुने नेताहरूले बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ गते पुरानो गठबन्धन तोड्दै एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस अचानक सत्ताबाट बाहिरिएको हो।
जसका कारण पहिलेको प्रमुख प्रतिपक्ष एमाले अहिले सत्तापक्ष बनेको छ भने पहिले सत्ता घटकमा प्रमुख दल रहेको कांग्रेस प्रतिपक्षको कित्तामा पुगेको छ।
51
Shares
प्रतिक्रिया