सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने आफ्नो इच्छा नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि बुधबार डाकिएको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेका होइन्। मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन। मेरो नाम पनि जोडिएको छ,’ उनले भने।
उनले अखबारहरूमा १५/१५ महिनाको कार्यकाल बाँडेको भन्ने समाचार आएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।
‘मैले अखबारमा देखेँ, आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको बजारभरि देख्छु। यो सरकार परिवर्तन किन भएको, सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ, यस्ता खबरको अनुचित सम्प्रषेणले,’ उनले भने।
936
Shares
प्रतिक्रिया