प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संसदमा दुई तिहाईको विश्वास गुमाइसकेको दाबी गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सत्तापक्षका सांसदहरूको अनुहार पढेरै सो कुराको विश्लेषण गर्न सकिने समेत दाबी गरे।
‘राजनीतिक रुपमा अविश्वास छ, गणीतिय विश्वासको जोहो भएको छ। यहाँ आँखा चिम्लन लगाउने हो भने, टेलिभिजनका क्यामेरा बन्द गर्ने हो भने सत्तापक्षमा छौँ, टेबल ठोक्नुहुँदैन भन्नेबाट माथि उठ्ने हो भने आज दुई तिहाई विश्वास तपाईंबाट फिर्ता भएको छ भन्ने सत्तापक्षमा बसेका साथीहरूको अनुहार पढेर भन्न चाहन्छु,’ उनले भने।
उनले पालैपालो विपक्षमा रहेकाहरूको हिसाब गर्दा सबै क्लियर हुने बताए।
‘पालैपालो विपक्षमा रहेकाको हिसाब जोड्दा क्लियर हुँदैन र? धोका खाएकाहरू एक होऔँ भनेर नारा लगाए भने निरु तब राजनेताको गद्दीको हालत चाहीँ के होला?,’ उनले भने।
Shares
प्रतिक्रिया