प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षमा तेस्रो पटक विश्वासको मत लिँदैछन्।
बुधबार डाकिएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि छलफल भइरहेको छ।
खासगरी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच संसदमा छेडछाड चलिरहेको छ।
३२ सिटे माओवादी बोकेको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितले व्यंग्य कसे।
प्रधानमन्त्रीले विश्वासको मत माग्दै गर्दा संसद्मा देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा हँसिलो मुद्रासहित देखिएका छन्।
42
Shares
प्रतिक्रिया