ad ad

राजनीति


सरकारले दिएका बिजनेसमा मात्रै सीमित नहुन राष्ट्रिय सभा अध्यक्षलाई सांसद भुसालको आग्रह

सरकारले दिएका बिजनेसमा मात्रै सीमित नहुन राष्ट्रिय सभा अध्यक्षलाई सांसद भुसालको आग्रह

नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:४१, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राष्ट्रिय सभाले स्थापित गरेका मानकहरुलाई कायम राख्नुपर्ने बताएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय सभाले केही असल अभ्यासहरु गरेको र स्थापित गरेको असल मानकहरुलाई बचाइरहने चुनौति नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।

उनले नवनर्वाचित अध्यक्ष दाहाले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले सभा सरकारले दिएका बिजनेसहरुमा मात्रै सीमित रहनु नहुने पनि बताए।

उनले भने, ‘राष्ट्रिय सभाले केही असल अभ्यासहरु गरेको छ। केही असल मानकहरु स्थापित गरेको छ । यहाँको कार्यकालमा तिनीहरु कमजोर हुनु हुँदैन। तिनीहरु अझ सबल बन्नुपर्छ। सुदृढ बन्नुपर्दछ। यो सभा सरकारले दिएका बिजनेसहरुमा मात्रै सीमित रहेको छैन र रहनु पनि हुँदैन। सरकारले प्रश्तुत गरेका बिजनेस बाहेकमा पनि काम गर्न सकिन्छ। जनताका आवाजहरु कार्यान्वयनमा लैजान आवश्यक रहेको छ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ व्यवहारबाट दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .