नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग सांसद विनोद चौधरीमाथि छानबिन गरिरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुको कारण मागेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्रै सभामुखलाई जानकारी दिने संवैधानिक व्यवस्था रहेको स्मरण गराए।
तर कांग्रेस सांसद चौधरीको हकमा छानबिन गर्दैछौँ भनेर पत्र पठाइएको भन्दै उनले आपत्ति प्रकट गरे। ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि? आफ्नो ठाउँ लिइहाल भनेर हो कि पूर्वाग्रह राखिएको हो?’, उनले सोधे।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभामुख घिमिरेलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको बताएको थियो। त्यसलगत्तै चौधरीले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए।
Shares
प्रतिक्रिया