मिलन लिम्बूलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू शनिबार इलाम जाने भएका छन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने नेताहरूको जम्बो टोली लिएर शनिबार इलाम सदरमुकाम पुग्ने भएका हुन्।
लिम्बूलाई रास्वपाको उम्मेदवार बनाइसकेको अवस्थामा इलाममै पुगेर लामिछानेले औपचारिक घोषणा गर्ने भएका हुन्।
उक्त घोषणसभाका लागि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई र केन्द्रीय सदस्य डा. तोसिमा कार्कीसहितका नेताहरू इलाम पुग्ने भएका हुन्।
उनीहरूले शनिबार इलाम क्षेत्र नम्बर २ स्थित इलाम नगरपालिका-७ चोक बजार, लाकुरी चौतारा पुगेर त्यहाँका मतदातालाई सम्बोधन गर्ने भएका छन्।
Shares
प्रतिक्रिया