राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट इलाम–२ का उम्मेदवार मिलन लिम्बूले आफू गरिबको छोरो भएको भन्दै पत्रिका बेच्नबाट आफ्नो दुःख सुरु भएको सुनाएका छन्।
शनिबार इलाम नगरपालिकामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बूले दुःख गर्दागर्दै समाज बुझेको बताए।
‘म विकट ठाउँको गरिबको छोरो। गरिबी झेल्दाझेल्दै पत्रिका बेच्ने हकर (पत्रिका बेच्ने मान्छे) को रुपमा थियो मेरो जीन्दगी,’ लिम्बूले भने, ‘मैले आफूलाई दुःखमा अघि बढाउँदा मैले यो समाजलाई कुनै न कुनै हिसाबले अघि बढाउनपर्छ भनेर मलाई समाज चिनाएको थियो।’
इलाम र रास्वपाले विश्वास गरेर उम्मेदवार बनाएको भन्दै उनले अरुले लेखेको समाचार हेर्दाहेर्दै लेख्ने ठाउँसम्म पुर्याएको सुनाए।
186
Shares
प्रतिक्रिया