राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति बाध्यकारी बनाउने काननको वकालत गरेकी छन्।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएकी हुन्।
भूमिसुधार मन्त्रालयले मातहतका निकायमार्फत त्यो व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाउनुपर्ने ध्यानाकर्षण गौतमले गराइन्।
‘महिलालाई परिवारमा दोस्रो दर्जाको सदस्य नमान्ने भए पैतृक सम्पत्तिमा महिलालाई कानुनले दिएको हक अधिकार कार्यान्वयन गर्नु अपरिहार्य छ', उनले भने, 'यसलाई व्यवहारमा ल्याउन कानुन बाध्यकारी हुनुपर्छ। त्यसैले भूमिसुधार मन्त्रालयले मातहतका निकायमा यसबारे कानुन बनाउन भन्नुपर्छ। अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी कानुनी व्यवस्था चाहिन्छ। सरकारको ध्यानाकर्षण होस्।’
147
Shares
प्रतिक्रिया