संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दैछ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए। आइतबार पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ।
त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम छ। ।
18
Shares
प्रतिक्रिया