नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृहमन्त्रीमाथि छानविनको लागि संसदीय समिति नबनेसम्म संसद्मा कांग्रेसले अवरोध गरिरहने बताएका छन्।
बुधबार बिहान काडमाडौँको बुद्धनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेता सिंहले गृहमन्त्री लामिछाने जोडिएको सहकारी घोटाला प्रकरणको संसदीय छानविन हुनुपर्ने पार्टीको बटम लाइन भएको बताए।
प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरि फैसला सुनाउन थालेको आरोप पनि उनले लगाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई अगाडि राखेर सहकारी प्रकरणमा लामिछनेले कुनै गडबडी नगरेको भनेर आईजीपीलाई भन्न लगाएको दाबी गरे।
‘सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भने, ‘गृहमन्त्रीले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्न कांग्रेस तयार छ।’
‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उहि हाकिम भएर बस्न मिल्छ र?’, सिंहले प्रश्न गरे।
Shares
प्रतिक्रिया