ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जनमत पार्टीको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जनमत पार्टीको निर्णय

फाइल तस्बिर : जनमत पार्टीका अध्यक्ष सीके राउत


नेपालखबर
जेठ ७, २०८१ सोमबार ९:१६, काठमाडौँ

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन्। 

‘हाम्रो पार्टीको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ’, साहले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘आज हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ।’

गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि जनमत पार्टी प्रतिपक्षमा थियो।

तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। 

जनमत पार्टीका ६ जना सा‌ंसद छन्। 

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। 

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। 

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .