नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा कटाक्षपूर्ण अभिव्यक्ति दिएका छन्।
उनले सञ्जालमा लेखेका छन्, ‘संसदमा आज ‘सभामुख’ देखिनँ। देखिरहेको छु– ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र।’
प्रतिपक्षीको विरोधका बीच सदन सञ्चालन गरी विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएकामा कांग्रेसको आपत्ति छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्।
कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नाराबाजी मात्र गरे। मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदा विपक्षमा एक मत पनि परेन। मत दिन्नँ भन्ने एक जना सांसद देखिए।
36
Shares
प्रतिक्रिया