ad ad

राजनीति


राजेन्द्र पाण्डेको प्रश्न : प्रधानमन्त्रीले विश्वासको मत लिइहाल्नुपर्ने कारण के हो?

राजेन्द्र पाण्डेको प्रश्न : प्रधानमन्त्रीले विश्वासको मत लिइहाल्नुपर्ने कारण के हो?

नेपालखबर
जेठ ७, २०८१ सोमबार १६:११, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताएका हुन्।

उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिए भन्ने आफूले बुझ्न नसकेको बताए।

उनले भने, ‘मलाई व्यक्तिगत रूपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइहाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई। किन लिनुभयो भन्ने कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन। यद्यपि हामी सत्तापक्षकै हौँ। हामीले विश्वासको मत दियौँ पनि। १५७ मध्ये १० भोट हाम्रो पनि हो। हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनैपर्‍यो नि।’

उनले प्रधानमन्त्रीले विश्वासको मत पाए पनि प्रतिपक्षी दलहरूको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए।

उनले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने धारणा व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .