ad ad

राजनीति


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १८:३०, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्।

उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे  लगायत सिरोहियाको कार्यकक्षमा पुगेका हुन्।

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन्। उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए। 

पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सिरोहियालाई भेट्न नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा पुगेका थिए। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस सांसद बद्रि पाण्डेले सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गर्न खोजिए पार्टीले नसहने बताएका थिए। 

‘आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई सहँदैन,’ उनले प्रतिनिधिसभा बैठकमा भनेका थिए। 

त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबरलगत्तै प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले पनि अहिले तत्काल त्यस्तो नगर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .