ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड भारत पुग्दा प्रदेशको मुख्यमन्त्री पुगेजस्तो देखियो : शाही

प्रधानमन्त्री प्रचण्ड भारत पुग्दा प्रदेशको मुख्यमन्त्री पुगेजस्तो देखियो : शाही

नेपालखबर
जेठ २९, २०८१ मंगलबार ११:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको सम्मानमाथि प्रश्न उठाएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले कुनै प्रदेशको मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीको शपथमा हाजिर गर्न गएको जस्तो देखिएको पनि बताए। 

‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ। भारतले गरेको आत्मसम्मान त्यो प्रधानमन्त्रीलाई गरेको हो कि नेपाललाई गरेको हो?,’ उनले प्रश्न गर्दै भने, ‘त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन्।’

साथै, उनले भारतीय प्रधानमन्त्री आउँदा नेपालमा विमानस्थलमा ताजझाम र सडक नै बन्द गरिने गरेको भएकोबारे पनि प्रश्न राखे। 

‘तर, नेपालमा आउँदा बाटो बन्द गरेर तामझामका साथ एयरपोर्टमा बाजागाजा हुन्छ। म प्रधानमन्त्रीलाई यो प्रश्न सोध्न चाहन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .