पूर्व प्रधानमन्त्री एवं नेकपा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भारतसँगका असमान सन्धि, सम्झौता पुनर्लेखन गरौं भन्दा आफूलाई भारतीय दलाल भनिएको गुनासो गरेका छन्।
बुधबार नेपाल समाजवादी पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भारतसँगको सन्धि, सम्झौताहरु जुन हुन्, प्रवुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने त बाबुरामले नै सुरु गरेको हो। र अहिले त्यो हरायो। उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन्।’
तर, सत्ताकै लागि दिल्लीमा गएर लम्पसार पर्नेहरु राष्ट्रवादी बन्ने गरेको भन्दै भट्टराईले त्यस्तै कुरा सच्याउन नयाँ बैकल्पिक शक्तिहरु आउनुपर्नेमा जोड दिए। ‘जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, तर दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहीँ राष्ट्रवादी ? आक्रोसित हुँदै उनले भने, ‘भएपछि यो देश बन्छ? हो यिनै आधारभुत कुरालाई सच्याउने गरी नयाँ बैकल्पिक शक्तिहरु आउनु पर्छ।’
Shares
प्रतिक्रिया