ad ad

राजनीति


गृहमन्त्रीले सार्वजनिक गरे एक सय दिनका काम (सूचीसहित)

गृहमन्त्रीले सार्वजनिक गरे एक सय दिनका काम (सूचीसहित)

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १७:५३, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आफ्ना एक सय दिनका काम सार्वजनिक गरेका छन्। शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यसको जानकारी गराएका हुन्। 

लामिछानेले सार्वजनिक गरेको उपलब्धीमा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१’ तर्जुमा गरी लागू गरिएको उल्लेख छ। यसबाट विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा हुने सार्वजनिक सरकारी तथा निजी सम्पत्तिको क्षतिप्रति आयोजकलाई जवाफदेही बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ।

त्यस्तै हातहतियार बोक्न निषेधित क्षेत्र तोक्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको, राष्ट्रिय परिचयपत्रको उपयोगिता बढ्ने र विभिन्‍न सरकारी सेवासँग त्यसको अन्तरआवद्धता गर्ने काम सुरु गरिएको पनि उल्लेख गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधिको पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउन कार्यदल गठन गरि काम सुरु गरेको, लामो दूरीको यात्रुवाहक सवारी साधनमा दुई जना सवारी चालक राख्ने कामको अनुगमन गर्न थालेको विषयलाई पनि मन्त्री लामिछानेले आफ्ना सय दिनका उपलब्धीमा समेटेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .