ad ad

राजनीति


प्रचण्डलाई किन प्रधानमन्त्री बनेको भन्ने नै थाहा छैन : महामन्त्री थापा (भिडिओ)

प्रचण्डलाई किन प्रधानमन्त्री बनेको भन्ने नै थाहा छैन : महामन्त्री थापा (भिडिओ)

नेपालखबर
असार १, २०८१ शनिबार १४:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन्। 

शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन्।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन। के को लागि हुनुभएको हो? के गर्ने हो? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले? केही पनि छैन,’ उनले भने।

महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताउँदै सत्तामा भएर पनि नभएजस्तो गरिरहेको बताए।

भिडिओ

‘नेकपा(एमाले) त सरकारमा छ, छैन? सरकारमा छ पनि। छैन पनि। सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ। हेर्दाखेरी मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन। किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि। तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने। हेर्नुस् त बजेटमा कसरी पन्छिएको, सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो। यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ,’ महामन्त्री थापाले भने।

विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाएको जिकिर गरे।

‘योभन्दा एक वर्ष अगाडी उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ। त्यो बेलामा पनि राम्रो भएन। तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो? उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो। त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन,’ थापाको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .