पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको सर्वोच्च अदालका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको निमन्त्रणामा आइतबार राती नेपाल आएका हुन्।
न्यायाधीश लिउ कुइसियाङ चीनको सर्वोच्च अदालका वरिष्ठ न्यायाधीशमध्यका हुन्। उनी नेतृत्वको प्रतिनिधिमण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल, नेपालका लागि चिनियाँ राजदूत लगायतले स्वागत गरेका थिए।
कानुन मन्त्रीसँगको भेटपछि चिनियाँ न्यायाधीश स्वदेश फर्कने छन्।
111
Shares
प्रतिक्रिया