चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।
मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बी एन्ड सीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो।
गएको २०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
333
Shares
प्रतिक्रिया