ad ad

राजनीति


रास्वपाबारे बाबुरामको टिप्पणी– पुराना दलहरूसँग लसपस गरिरहे हराउन सक्छ

रास्वपाबारे बाबुरामको टिप्पणी– पुराना दलहरूसँग लसपस गरिरहे हराउन सक्छ

नेपालखबर
असार ७, २०८१ शुक्रबार १९:३२, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन्।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष भट्टराईले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए। 

उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए।

‘उहाँहरूलाई धेरैधेरै शुभकामना छ। राम्रो प्रगति गरिरहनु भएको छ। अझै प्रगति गर्नुस्। गर्नुपर्ने कुराहरू धेरै छन् । मेरो पूरै शुभकामना छ। खाली एउटै सुझाव मैले उहाँहरूलाई भन्ने पनि गरेको छु–अब पुराना दलहरुसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रुपमा लिनुपर्छ,’ उनले भने, ‘र वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ। यसरी सन्तुलन भयो भने ठिक हुन्छ। नत्र पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ भन्ने मेरो सुझाव छ।’ 

त्यस अवसरमा अध्यक्ष भट्टराईले रास्वपाको अझै प्रगति गर्दै जाओस् भनि शुभकामना पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .