ad ad

राजनीति


आज, भोलिमै संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौँ : कानुनमन्त्री गिरी

आज, भोलिमै संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौँ : कानुनमन्त्री गिरी

नेपालखबर
असार ९, २०८१ आइतबार १२:२५, काठमाडौँ

संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो।

संसद भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए। उनले आज भोलिमै यथोचित मागहरू वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए।

‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ। संघीय संसदका कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ। उहाँहरूको मागलाई सम्बोधन गरेर संसदलाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ। त्यसले आजबाट काम सुरू गर्दछ। आज भोलिमै यो विषय टुंग्याउँछौँ। माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ,’ उनले भने। 

त्यस्तै, नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरूले जायज माग उठाएर आन्दोलन गर्नुभएको भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताए।

यता, संसद सचिवालयका कर्मचारीहरूले भने विरोध प्रदर्शन जारी राखेका छन्। संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरू बोकेर विरोध प्रदर्शन गरेका हुन्। 

संसद सचिवालयका कर्मचारीहरूले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखि बिरोध प्रदर्शन गरेका छन्।

उनीहरूले संसद सेवाको कर्मचारीहरूमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए। 

कर्मचारीहरूले संसद भवनमा धर्ना दिएसँगै ११ बजे सुरू हुने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .