ad ad

राजनीति


प्रधानमन्त्रीलाई गगनले भने– मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट डेरा सरे हुन्छ

प्रधानमन्त्रीलाई गगनले भने– मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट डेरा सरे हुन्छ

नेपालखबर
असार ९, २०८१ आइतबार १३:५८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हट्न आग्रह गरेका छन्।

आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाई थियो।

‘स्थानीय सरकारका प्रमुखहरुले यो विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ। अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ। अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो? यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरवार, बालुवाटारबाट डेरा सर्ने।’

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौति नगर्न पनि सरकारलाई सचेत गराए।

‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व। तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ। मानौँ यो–तजविजी अधिकार हो। यसपाली पनि यस्तै भयो। अहिले आएर सरकारले निर्णय गर्‍यो रे भन्ने सुनियो,’ महामन्त्री थापाले भने, ‘तर दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो। किनकी स्रोत छैन भन्ने कुरा आयो। वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने। अनि स्रोत छैन भनेर अनुदान कटौति गर्ने? यो अस्विकार्य छ।’

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .