ad ad

राजनीति


संसद् सचिवालयका कर्मचारीको माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी

संसद् सचिवालयका कर्मचारीको माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी

नेपालखबर
असार ९, २०८१ आइतबार १४:७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

‘संसद सचिवालयका कर्मचारीहरुको जायज माग तुरुन्त पूरा गरियोस्,’ आइतबारको प्रतिनिधिसभा बैठकमा उनले भने। 

बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।

विसं २०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म सुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल सुरु गर्नुपर्ने उनले दबाब दिए।

‘नुवाकोटको ऐतिहासिक सात तले दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको नौ वर्ष भयो। पुनर्निर्माण हुन नसक्दा खण्डहरको रुपमा परिणत भएको छ। चीन सरकारले बनाई दिने घोषणा त गर्‍यो। तर आजसम्म त्यसै थिलथिलो रहेको छ,’ उनले भने।

त्यस्तै, सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

‘यसबारे पटक पटक मैले कुरा उठाए। तर कुनै पनि सरकारले पटक्कै ध्यान नदिएकोप्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुंग्याउने वा सरकारले नै युद्धस्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस्,’ सांसद केसीको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .