ad ad

राजनीति


चिनियाँ उपविदेशमन्त्री भोलि नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

चिनियाँ उपविदेशमन्त्री भोलि नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

नेपालखबर
असार ९, २०८१ आइतबार २०:१९, काठमाडौँ

चिनियाँ उप विदेशमन्त्री सन वेइडोङ्ग तीन दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन्।  

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ उप विदेशमन्त्री भोलि नेपाल आउन लागेका हुन।

उनी मंगलबार हुने परराष्ट्रसचिव स्तरीय नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्।

नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन्। उनी नेतृत्वकाे टोलीमा विभिन्न मन्त्रालयका प्रतिनिधि सामेल हुनेछन्।

बैठकमा नेपाल र चीनबीचको द्वीपक्षीय सम्बन्ध र सहकार्यका सबै पक्षबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .