ad ad

राजनीति


रास्वपाको कोटामा राजदूत बन्न दुई दिनमै ५० बढी इच्छुक, शुक्रबारसम्म आवेदन दिन पाइने

रास्वपाको कोटामा राजदूत बन्न दुई दिनमै ५० बढी इच्छुक, शुक्रबारसम्म आवेदन दिन पाइने

पार्टी सभापति रवि लामिछानेलाई सोमबार ‘राजदूत सिफारिस मापदण्ड २०८१’ बुझाउँदै कार्यदलका सदस्यहरू


नेपालखबर
असार ११, २०८१ मंगलबार ११:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट राजदूत नियुक्तिका लागि आवेदन दिने प्रक्रिया सुरु भएको छ। रास्वपाले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेर सोमबारबाट अनलाइन फारम खुला गरेको थियो। 

मापदण्ड तयार पार्नका लागि प्रतिनिधिसभा सदस्य शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनेको थियो।

सोमबार बिहानबाट सुरु गरिएको अनलाइन आवेदनमा मंगलबार बिहानसम्म ५० बढी आवेदन परेको कार्यदलका संयोजक खनालले नेपालखबरलाई जानकारी दिए। 

‘मंगलबार बिहानसम्म मैले हेर्दा ५० बढी आवेदन परिसकेको छ,’ उनले भने। 

खनालका अनुसार, आगामी  शुक्रबार बेलुकीसम्म अनलाइन फारम खुला गरिनेछ। ‘शुक्रबारसम्म अनलाइन आवेदन फारम खुला गरेका छौँ,’ उनले भने, ‘त्यसपछि आएका नामहरू प्रक्रियामा जानेछन्। प्रक्रिया सकेपछिमात्रै हामी सरकारसमक्ष नाम सिफारिस गर्नेछौँ।’

कार्यदलले तयार पारेको मापदण्डसहितको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको थियो। 

प्रतिवेदनमा राजूत नियुक्तिका लागि विभिन्न ७ मापदण्ड उल्लेख गरिएको छ।

सरकारले गत शुक्रबार (असार ७) ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ।

गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ।

राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।  

खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। 

रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .