नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको अध्यक्षको दौडबाट पछाडि नहटेको बताएका छन्।
बिहीबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफका क्रममा उनले यस्तो बताएका हुन्।
हिजोको भेटघाटपछि अध्यक्षबाट ब्याक हुनुभएको हो? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘होइन, होइन बेकारको कुरा।’
उनले आफूहरू सबै एकताबद्ध भएर सहमतिसाथ जान भनेको पनि बताए।
‘सहमतिसाथ जाने कुरा छ,’ खनालले भने।
तपाईंको नाममा सहमति हुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘किन नहुन, नहुनुपर्ने केही कारण छ।’
99
Shares
प्रतिक्रिया