नेपाल प्रेस युनियनले शुक्रबार राति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।
शुक्रबार राति ९ बजे महासंघ निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले तालाबन्दी गरेको हो।
महासंघले २२ गते चुनाव गर्ने भनेर आज (असार १५ गते) केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको छ।
तर युनियनले तालाबन्दी गरेपछि पत्रकार महासंघको चुनाव फेरि प्रभावित हुने देखिएको छ।
48
Shares
प्रतिक्रिया