नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनअन्तर्गत आज (सोमबार) देखि बन्दसत्र सुरु हुँदैछ।
पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, महाधिवेशनका लागि विभिन्न कमिटीहरू गठन भएका छन्।
जस अनुसार, सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ। त्यस्तै, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्तवमा १५ सदस्यीय बहस नोट कमिटी गठन भएको छ।
डा. गगालाल तुलाधार र डा. विजय पौडेल सम्मिलित माइन्युट कमिटी पनि गठन भएको प्रचार विभागले जनाएको छ।
महाधिवेशनको मतदान प्रक्रिया इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने जानकारी गराइएको छ।
कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र सुरू हुने एकीकृत समाजवादीले जनाएको छ।
महाधिवेशन यही असार २० गतेसम्म चल्ने छ।
2.7k
Shares
प्रतिक्रिया