बालिकामाथी भएको बलात्कारको घटनाबारे संसदमा कुरा उठेको छ। सोमबारको संसद बैठकमा विशेष समय माग्दै विकले बालिकाहरूमाथि बलात्कारजस्ता जघन्य अपराधका घटना हुनु कानुनमा भएको व्यवस्थालाई चुनौति भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
‘चाहे दिनको उज्यालो होस् या रातको अँध्यारो, हामी जुनसुकै बेला हाम्रो समाजमा सुरक्षित छौं भन्ने परिस्थिति कहिले बन्छ? दुर्गा, काली, लक्ष्मी, सस्वती पुज्ने देशमा बलात्कारजस्तो जघन्य अपराधले ठाउँ पाउनु भनेको नेपालको कानुनलाई नै चुनौती दिएको होइन र?’, सांसद विकले प्रश्न गरेकी छिन्।
संविधानको धारा ३९ को उपधारा ७ मा कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनैपनि किसिमको यातना दिन पाइने छैन भन्ने व्यवस्था उल्लेख रहेको भन्दै सांसद बिकले खोटाङमा एक विद्यालयमा आफ्नै शिक्षकबाट बलात्कृत बालिकाको प्रसङ्ग सुनाउँदै के उनले आफू सुरक्षित भएको महसुस गर्न पाइन् त ? भनेर प्रश्न गरेकी छिन्।
उनले महिला र बालिकामाथि हुने यस्ता हिंसाका घटनामा पीडकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराएकी छिन्।
Shares
प्रतिक्रिया