नेकपा एमालेले नेपाली कांग्रेससहित बन्न लागेको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा चार घण्टासम्म बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकारमा सहभागी भइ राजनीतिक स्थायीत्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
हामीले घोषित रुपमै अहिलेको सरकार पूरा अवधि चल्नुपर्छ भनेकोमा सरकारका केही निर्णय र प्रक्रियाका बारेमा आफूहरूको रिजर्भेसन रहेको सुनाए।
‘यो सरकार निर्माणको आर्किटेक्ट नेकपा एमाले हो भन्ने कुरालाई झण्डै बिर्सिनुभएकोमा पनि हामीले बजेट पास गर्यौँ,’ उनले भने।
276
Shares
प्रतिक्रिया