ad ad

राजनीति


कांग्रेसले आफूभित्रकै कमजोरीहरू सुधार्न आवश्यक : महामन्त्री थापा

कांग्रेसले आफूभित्रकै कमजोरीहरू सुधार्न आवश्यक : महामन्त्री थापा

नेपालखबर
साउन ६, २०८१ आइतबार ११:४५, काठमाडौँ

नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार ४२औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने जिकिर गरे। 

‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन। आफैँ भित्र खोज्नुपर्छ। हामीसँगै छ त्यो। हामीभित्रै छ। त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ,’ उनले भने।

कांग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताउँदै उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको पनि बताए।

‘नेपाली कांग्रेसको साथीहरू विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरू हुनुहुन्छ। नेपाली कांग्रेसको साथीहरूले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सुचित बहस नै हो,’ उनले भने, ‘त्यो तथ्यमा आधारित हुनुपर्छ। हामी बहकिनु हुँदैन। हाम्रो जिम्मेवारी हो। त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ। त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ। हामीलाई एउटा श्रोत केन्द्र पनि चाहिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .