प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जाहेर गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्ने बताए।
‘एउटा कुरा खुलस्त भन्न चाहन्छु, दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्छौँ। जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’
साथै, उनले भ्रष्टाचारी एक दिन कानुनी कठघरामा पुग्छ भन्ने विश्वास दिलाउने जिकिर गरे।
‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
165
Shares
प्रतिक्रिया