प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि समर्थन र स्वागत पाएको जानकारी गराउँदै गतिका साथ काम गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायत पदाधिकारीको शपथ समारोह कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्।
‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ। यो समर्थन मिल्नु राम्रो कुरा हो,’ ओलीले भने, ‘हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने छ।’
साथै, उनले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने पनि बताए।
‘उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ,’ ओलीको निर्देशन थियो, ‘तपाईंहरूले समन्वयात्मकरूपमा काम गर्नुहोला।’
Shares
प्रतिक्रिया