निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिनका लागि संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। बैठक आगामी सोमबार बिहान साढे ११ बजे बस्नेगरी तय भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
प्रधानको सुनुवाइ सकिइसकेको अवस्थामा प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनका लागि बैठक बोलाइएको हो।
संसदीय सुनुवाइ समितिमा विचाराधीन रहेको प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ।
यसअघि गत बुधबार प्रधानबारे संघीय संसदको संसदीय सुनुवाइ समितिले कुनै निर्णय गरेको थिएन।
प्रधानले भने आफू विरुद्ध परेको उजुरीको भने प्रतिवाद गरेका थिए।
75
Shares
प्रतिक्रिया