ad ad

राजनीति


माओवादी केन्द्रले भन्यो– पेचिलो अवस्थामा छौँ, ठूलो रुपान्तरणको प्रक्रियामा जाँदैछौँ

माओवादी केन्द्रले भन्यो– पेचिलो अवस्थामा छौँ, ठूलो रुपान्तरणको प्रक्रियामा जाँदैछौँ

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८१ आइतबार १७:३६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले पार्टी ठूलो रुपान्तरणको प्रक्रियामा जाने बताएको छ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले ठूलो रुपान्तरणको प्रक्रिया जाने निर्णय गरेको हो।

बैठकपछि सञ्चाकरर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए। 

बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेको र बैठकमा बोल्ने नेताहरुलाई समय निर्धारण नगरि अभिव्यक्ति गर्न दिइएको पनि बताए। 

‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ। आज ५ जना कमरेडहरुले आफ्नो भनाइ राख्नुभयो। जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले ५ जना साथीहरुले राख्नुभयो,’ सापकोटाले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ। जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ। परिस्थिति जटिल र पेचिलो छ। हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ। हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौँ।’ 

प्रवक्ता सापकोटाले नेकपा (माओवादी केन्द्र) एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चालन गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .