ad ad

राजनीति


मेटमणिको प्रश्न– १ अर्ब ६० करोड पैसा नतिर्नेको रजगज चल्नुपर्ने?

मेटमणिको प्रश्न– १ अर्ब ६० करोड पैसा नतिर्नेको रजगज चल्नुपर्ने?

नेपालखबर
साउन १३, २०८१ आइतबार १८:४६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरूले राज्यमा रजगज चलाइरहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जनताहरु एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको बताएका छन्।

उनले जनताहरू अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ पैसा नतिर्नेहरूको रजगज चलिरहेको टिप्पणी गरे। 

‘एक हजार रुपैयाँ नभएर जनताहरु अन्धकारमा बस्नु परिरहेको छ। तर १ अर्ब ६० करोड पैसा नतिर्ने पनि राज्यमा रजगज चलिरहनुपर्ने। यो कस्तो सुशासन हो? कानुन सबैलाई बराबर हो। तर यहाँ ठूला व्यापारीलाई सदासयता देखाउने। गरिब जनतालाई सूचना समेत नदिइकन लाइन काट्ने। यो त ठूलालाई चैन सानालाई ऐन भएन र?,’ उनले भने। 

उनले ठूला व्यापारीहरूलाई सरकारले सदासयता देखाएको भन्दै यो कस्तो सुशासन हो भनि प्रश्न गरे।

‘घाटाका परियोजना किन छनौटमा परिरहेका छन्? सोचनिय विषय बनेको छ। घाटाका परियोजनाहरू छनेट गर्ने, लागू गर्ने कुरा राष्ट्र हित विपरित कुरा हो। यस्ता परियोजनाहरू छनौट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरु र अन्य व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ। यदि यसो गरिएन भने निरन्तर कमिसनका लागि सेटिङ गरेर नोक्शानीका परियोजनाहरू छनौट भइरहन्छ ।’

प्रमुख सचेतक चौधरीले देशमा सधैँभरी घाटाका परियोजनाहरू ल्याउने गरिएको भन्दै यसो गर्नु राष्ट्रहित विपरितको कुरा भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .