ad ad

राजनीति


शिक्षकको दरबन्दी पूरा गर्न माग गर्दै शिक्षामन्त्रीलाई मौलापुरकी मेयरले बुझाइन् ज्ञापन

शिक्षकको दरबन्दी पूरा गर्न माग गर्दै शिक्षामन्त्रीलाई मौलापुरकी मेयरले बुझाइन् ज्ञापन

नेपालखबर
साउन १४, २०८१ सोमबार १६:१९, काठमाडौँ

रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन्।

आज सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नुपर्ने माग गरेकी हुन्।

तहगत र विषयगत अपुग शिक्षक तत्काल आपुर्ति नगरिए भदौ महिनादेखी मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी समेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन्।

मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा आठ हजार भन्दा विद्यार्थी अध्ययनरत रहेका छन्। शिक्षक दरबन्दी एक सय ६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन्।

हाल मौलापुरमा एक सय २ शिक्षक दरबन्दी अपुग रहेको छ। 

‘मौलापुर नगरपालिकामा आठ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन्। मौलापुरमा एक सय १६० शिक्षक हुनुपर्नेमा ५८ शिक्षक मात्रै रहेका छन्। तपाई आफैँ विचार गर्नुस त ५८ शिक्षकले १६० शिक्षकको पढाउँने काम कसरी गर्न सक्छ?’, मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, ‘कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्यो। विद्यार्थीको भविष्यसँग मन्त्रालयले खेलवाड गर्न पाउँदैन्। हामीले यस बारेमा सरकारलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएको छैन। सरकारको यस्तै रवैया रहयो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौं।’

ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्री भट्टराईले बिभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताइन्।

‘हामी अध्ययन गरिरहेका छौं। विभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं। तपाईंहरू आन्दोलन नगरिदिनुहोला,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .