ad ad

राजनीति


माओवादीको निष्कर्ष– वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चियो

माओवादीको निष्कर्ष– वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चियो

नेपालखबर
साउन १४, २०८१ सोमबार १८:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निष्कर्ष निकालेको बताएको हो।

बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राख्नुभएको र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिनुभएको पनि जानकारी दिए।

‘शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिइएको छ। पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ। वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ। यसमा पनि हाम्रो व्यापक छलफल भएको छ। वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ,’ उनले भने।

पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरूको रहेको पनि बताए।

‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो। हामीले समयको पावन्दी तोकेका थिएनौँ। स्पष्ट रुपमा आफ्ना भनाइ राख्न भनेका थियौँ। पहिलो दिन प्रश्तुत भएको एजेण्डामा नै छलफल भयो। वर्तमान परिस्थिति र पार्टी निर्माण थियो। पार्टी निर्माणमा सबैभन्दा बढी जोड शुद्धिकरणमा दिइएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .