ad ad

राजनीति


२१ सचिवको एकसाथ सरुवा, को कहाँ?

२१ सचिवको एकसाथ सरुवा, को कहाँ?

नेपालखबर
साउन १५, २०८१ मंगलबार ९:४४, काठमाडौँ

सरकारले  २१ जना सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एकसाथ ठूलो संख्यामा सचिव सरुवा गरेको हो। 

अर्थबाट मधुकुमार मरासिनीलाई सरुवा गर्दै राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाएको छ। राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई सरुवा गरिएको छ।

मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ भने उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको छ।

श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने अख्तियारका सचिव रामेश्वर दंगाल वाणिज्य मन्त्रालय सरुवा भएका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका छन्। 

रक्षा सचिव किरणराज शर्मालाई राष्ट्रपति कार्यालयमा पठाइएको छ भने राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मा लोक सेवा आयोगमा सरुवा भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

मुकुन्दप्रसाद निरौलालाई श्रम मन्त्रालय लगिएको छ भने वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई लगिएको छ

यस्तै राष्ट्रपतिको कार्यालयबाट डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिँदा लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ।

त्यसैगरी राष्ट्रपतिको कार्यालयमा नारायणप्रसाद दुवाडी, नेपाल ट्रस्टको कार्यालयमा रामाधार साह, खानेपानी मन्त्रालयमा प्रमिलादेवी वज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन्।​

गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालय सरुवा गरिएको छ। यस्तै तथ्यांकका सचिव अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशव शर्मा बिडारी सरूवा भएका छन्।

राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सर्जुकुमार वैद्यलाई पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .