ad ad

राजनीति


उपसभामुखमाथि मानव तस्करीको आरोपबारे सभामुखको धारणा माग

उपसभामुखमाथि मानव तस्करीको आरोपबारे सभामुखको धारणा माग

नेपालखबर
साउन १५, २०८१ मंगलबार १६:२५, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानबिनको माग गरेकी हुन्।

उनले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानबिनबाट दोषी वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराइन्। उनले यस सम्बन्धमा सभामुखको धारणा माग गरिन्।

‘उपसभामुखमाथि निकै चार्ज लागेको छ। उहाँले ५ जना असम्बन्धितलाई आफ्नो माथिबाट एक नम्बरमा राखेर पठाउनुभएको छ लेटरमा। ५ जना बालिकालाई नाम परिवर्तन गरेर लगेको कुरा पनि आएको छ। मानव तस्करीको गम्भीर आरोप उपसभामुखलाई लागेको छ’, उनले भनिन्, ‘यस्तो गम्भीर आरोप लाग्दा उहाँ दोषी होइन भन्ने कुनै निकायको छानबिनमार्फत निर्दोष हुन उहाँको हक छ कि छैन? यो सम्बन्धमा संसदको नेतृत्व गर्ने सभामुखको धारणा के हो? म उहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विगतमा नेपाली नागरिकता नभएको अवस्थामा सांसद तथा मन्त्रीसमेत भएको भन्दै त्यसप्रति प्रश्न उठाइन्।

उनले लामिछाने नेपाली नागरिक नभएको बेलामा लामिछानेले गरेको काम, कारबाहीहरूलाई कसरी हेर्ने भनेर प्रश्न गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .