ad ad

राजनीति


सचिवहरूलाई ओलीले भने– पाँच बजेपछि बैठक राखेर भत्ता नलिनू

सचिवहरूलाई ओलीले भने– पाँच बजेपछि बैठक राखेर भत्ता नलिनू

नेपालखबर
साउन १५, २०८१ मंगलबार १६:२६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि पाँच बजेपछि बैठक राखेर भत्ता लिने काम नगर्न सरकारका सचिवहरूलाई निर्देशन दिएका छन्। 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई यस्तो निर्देशन दिएाक हुन्।

‘मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ। दिनभरी काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू।’

साथै, उनले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्न, कामको परिणाम देखिने गरी गर्ने लगायतका निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .