ad ad

राजनीति


युनिक छौं, सबैभन्दा बेस्ट छौं भनेर स्टन्ट गर्नुपर्ने जरुरी हामीलाई छैन : परराष्ट्रमन्त्री राणा

युनिक छौं, सबैभन्दा बेस्ट छौं भनेर स्टन्ट गर्नुपर्ने जरुरी हामीलाई छैन : परराष्ट्रमन्त्री राणा

नेपालखबर
साउन १६, २०८१ बुधबार १७:७, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई 'स्टन्ट' गर्न जरुरी नरहेको बताएकी छिन्। बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरिन्। 

‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन्, हामीले काम गर्नसक्छौँ,’ उनले भनिन्, ‘हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन। किनभने हामीले गरेर देखाइसकेका छौँ। हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो ।हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन।’


राणाले अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताइन्। ‘इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ,’ उनले भनिन्, ‘अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो। हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ। दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .