ad ad

राजनीति


पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव

पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव

नेपालखबर
साउन १६, २०८१ बुधबार १८:११, फिलिपिन्स

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लिडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरुको बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटहरूको सामना गर्न नसकिने बताए।

सम्मेलनको अन्तिम दिन ग्लोबल लिडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भूमरीमा परेका हुन्छन्। त्यसका लागि पनि एसियाली देशहरुबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ।’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी लिडर सम्मेलनलाई सम्बोधन गरेका छन्।

एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लीडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी थिए। जुलाई २९ तारीखदेखि सुरु भएको सो सम्मेलन आज सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको छ। अध्यक्ष यादव भोलि बिहिबार राति १०ः३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .