ad ad

राजनीति


कर्णाली विकट होइन, विराट छ : उपसभापति खड्का

कर्णाली विकट होइन, विराट छ : उपसभापति खड्का

नेपालखबर
साउन २१, २०८१ सोमबार १७:४०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन्।

सोमबार काठमाडौँमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको उल्लेख गरे। 

कर्णाली सभ्यता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको उनको भनाइ थियो। 

कर्णालीको स्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने रकर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पु¥याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए। 

‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ। कर्णाली सभ्याता, श्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ,’ उनले भने, ‘कर्णालीको स्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ। कर्णाली कुनै बेला विकट थियो, अब विराट छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .