ad ad

समाज


महिलाको फेसबुक ह्याक गरी श्रीमान्‌सँगकाे म्यासेज देखाएर बार्गेनिङ गर्ने पक्राउ

महिलाको फेसबुक ह्याक गरी श्रीमान्‌सँगकाे म्यासेज देखाएर बार्गेनिङ गर्ने पक्राउ

नेपालखबर
साउन २१, २०८१ सोमबार १७:४०, काठमाडौँ

विदेशबाट एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी महिला र उनका श्रीमानबीच भएको अन्तरंग म्यासेज देखाएर रकम बार्गेनिङ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका–१ स्थायी वतन भएका वर्ष ३५ को सन्दिप थापा मगर रहेका छन्।

उनले पीडितको फेसबुक ह्याक गरी उक्त म्यासेन्जरमा पीडित र पीडितका श्रीमान्बीच भएका कुराकानी लगायतका गतिविधि सङ्कलन तथा सेभ गरी फेक एकाउन्ट बनाएर पीडितका आफन्तलाई पठाउने गरेको पाइएको छ।

यसरी म्यासेज पठाएर ब्ल्याकमेल गरी महिलालाई मानसिक तनाव दिनुका साथै चरित्र हत्या हुने कार्य गरेको प्रहरीले जनाएको छ।

सो सम्बन्धमा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोले अनुसन्धानका क्रममा सो कार्य गर्ने सन्दिप थापा मगर भएको ठहर गरेको थियो।

तत्कालीन समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको थियो।

उनी विदेशबाट नेपाल फर्कने क्रममा साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .