ad ad

राजनीति


बंगलादेश चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा नेपालको जोड

बंगलादेश चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा नेपालको जोड

नेपालखबर
साउन २३, २०८१ बुधबार १९:१३, काठमाडौँ

नेपालले बंगलादेशका पछिल्ला घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किने विश्वास गरेको छ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबैलाई शान्ति र संयम कायम राख्न समेत आग्रह गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, 'हामी सबैपक्षसँग शान्ति र संयम कायम गर्न आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा चाँडो फर्किनुको महत्वमाथि जोड दिन्छौं ।'

विज्ञप्तिमा भनिएको छः

बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपालले नजिकबाटै नियालीरहेको  छ। हामी पछिल्लो हप्ता बंगलादेशमा भएको विरोध प्रदर्शनका क्रममा भएको जन, धनको क्षतिबाट निकै चिन्तित छौं। 

हामी त्यसमा ज्यान गुमाउनको परिवारप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दै घाइते सबैको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।

हामी सबैपक्षसँग शान्ति र संयम कायम गर्न आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा चाँडो फर्किनुको महत्वमाथि जोड दिन्छौं। हामीलाई विश्वास छ कि बंगलादेशका दृढ नागरिक शान्ति र स्थिरतातर्फ एक सहज संक्रमण सुनिश्चित गर्नमा सक्षम हुनेछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .